अब ट्रायल पासपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने

अब ट्रायल पासपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने

ट्राफिकले चिट काट्दा तत्काल डिजिटल पेमेन्ट गर्न सकिने


काठमाडौँ – सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ। अब ट्रायल पास भएपछि नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार फेसबुकमा लेखेका छन्,’सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ।’ साथै सवारी नियम उल्लंघनमा प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्न सकिने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ। नयाँ व्यवस्थाले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको र ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना तिर्ने बेलामा हुने झन्झट पनि हटेको उनले बताएका छन्।

यो व्यवस्था आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ।