लेटरप्याड किर्ते गर्ने विद्यालय सञ्चालकसहित २ जना पक्राउ

लेटरप्याड किर्ते गर्ने विद्यालय सञ्चालकसहित २ जना पक्राउ


जनकपुरधाम ।

लेटरप्याड किर्ते गरेको आरोपमा निजी विद्यालयका सञ्चालकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संचालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो रहेका छन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् ।

दुवै जना अहिले ईलाका प्रहरी कार्यलय सबैलाको नियन्त्रणमा छन् ।

नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।