काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आभएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनको छोरी मिता प्रधानले जानकारी दिएकी छिन् ।
उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्याक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।
सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्तिपट्टबाट उनी सुशोभित थिए ।
प्रतिक्रिया