प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ओलीलाई ज्वरो आएको छ । उनको रगत परीक्षणका लागि पठाइएको छ । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।