संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो ।
निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा दुईवटा उजुरी परेका छन् ।
निरौलापछि शुक्रबार नै सर्वोच्चको न्यायाधीशमा सिफारिस नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।
समिति सभापति ईश्वरीदेवी न्यौपाने अमेरिका भ्रमणमा रहेकाले समितिका ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा बैठक बसेर सुनुवाइ भइरहेको हो । समितिको लगातार छैटौँ बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बसिरहेको हो ।
प्रतिक्रिया