काठमाडौँ। नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।
एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ ।
नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास क्यानको छ ।
स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो जसमा विश्वकप क्रिकेटदेखि आइपिएलसम्म प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया