माओवादी केन्द्रले डाक्यो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले डाक्यो केन्द्रीय समिति बैठक


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्य योजना पनि बनाइएको छ ।

साथै जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।