स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत


काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा २ महिनापछि स्वीकृत गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले करिब १ वर्षअघि बोर्डको अध्यक्ष नियुक्त गरेकोमा सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।

करिब २ महिनापछि मात्रै सरकारले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।