पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान


काठमाडौ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै फरार रहेका मनाङे आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका थिए । मनाङेलाई पक्राउ गरेसँगै सिआईबी कार्यालय लगिएको थियो । त्यसपछि सिआईबीले अदालतमा पेश गरेसँगै कारागार चलान गरिएको हो ।