काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ७७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
प्रतिक्रिया