काठमाडौँ- स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. सरोज शर्मालाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई जिम्मेवारी दिएका हुन् ।मन्त्रिपरिषदबाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।
यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा. गुणराज लोहनीले गत भदौको अन्तिम साता राजीनामा दिएपछि अध्यक्ष विहीन भएको छ ।
प्रतिक्रिया