काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् ।
यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।
निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।
आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया