काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरले ४६ लाख रुपैया नतिरेको जनाउँदै सबै उडानमा रोक लगाएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने नतिरेको जनाउँदै कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको हो ।
प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको जनाइएको छ ।
नागरिक उड्डयन निमयावली २०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको जनाइएको छ ।
सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए। कम्पनीसँग २ वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।
प्रतिक्रिया