काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तमिल समुदायको चाहाना पुरा गर्न श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई आग्रह गरेका छन् । अनुराको समावेशी मुद्दाको तारिफ गरेर मोदीले हिन्दु समुदाय तलिमको कुरा राखेका हुन् ।
आजको साझा पत्रकार सम्मेलनमा बोल्दै मोदीले भारत र श्रीलंका सभ्यताले जोडेको भन्दै दुई देश जोड्न रामायण सर्किट र बौद्ध सर्किटको चर्चा गरे । भने, भारतमा पालीलाई परम्परागत भाषाको मान्यता दिँदा श्रीलंकामा उत्सव मनाइएको थियो।
मोदीले दुई देशको जलविद्युत, पेट्रोल पाइपलाइन र सुरक्षा साझेदारीको पनि चर्चा गरे । वामपन्थी राष्ट्रपति अनुरा आफ्नो पहिलो विदेश भ्रमण लाई तीन दिनको लागि भारत आएका छन् ।
प्रतिक्रिया