काठमाडौँ- यू-१९ महिला विश्वकप अन्तरगत आज भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।
पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेले पनि ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले आफ्नो इनिङमा एउटा पनि चौका वा छक्का प्रहार गर्न सकेन । आज पनि नेपालका तीन ब्याटरहरु रनआउट भएका थिए ।
अमेरिकाकी इसानी भगेलाले सर्वाधिक २४ रन जोडिन् । नेपालकी रिया शर्माले ३ विकेट र पूजा महतोले एक विकेट लिइन् ।
अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो ।
मलेसियामा हुने यु १९ महिला टी २० विश्वकप जनवरी १८ देखि सुरु हुनेछ । नेपालले समूह चरणमा बांङ्लादेश, अष्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ ।
प्रतिक्रिया