विराटनगर ।
कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुंगले राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।
प्रतिक्रिया