काठमाडौँ ।
पछिल्लो समय देशमा अवसर नभएको भन्दै विदेश जाने युवाको लर्को छ । कुनै व्यवसाय गरौँ न त भनेर सुरु गरे पनि सफल हुन नसकेपछि त्यसकै ऋण तिर्न पनि विदेश नै जानुपर्ने बाध्यता आइलागेको कतिपय युवा/युवतीको गुनासो चिया गफ, सामाजिक सञ्जाल र पानी पँधेरोतिर सुनिन्छ ।
जागिर खाउँ, भनेजस्तो जागिर पाइँदैन । जागिर खायो, समयमा तलब आउँदैन । कुनै बन्द व्यापार गरौँ, पुँजी छैन, कसैले ऋण पत्याउँदैन । बरु विदेश जाने भनेपछि ऋण हालिदिन तयार हुने समाजमा यहीँ नेपालमै केही गरौँ भन्नेलाई भने ‘पैसा छैन’ भन्ने जबाफ आउँछ ।
नेपालको पछिल्लो अवस्था हो यो । तर नेपालको यही अवस्थालाई आत्मसात गर्दै, यही हालतसँग भिड्दै, हरेश नखाई नेपालमै केही गरौँ भन्ने सोचलाई साकार बनाएका युवा हुन्- विराटनगर-३ का स्थायी बासिन्दा गोपाल काफ्ले ।
उनलाई पनि माथि उल्लेख गरिएका समस्या नआएका होइनन् । खुट्टा तान्ने कति आए कति । परिवारकै सदस्यले पनि ‘अब गोपाल बिग्रियो’, ‘पढेर जागिर खान वा विदेश जान छाडेर व्यापार गरिखाने भाको’ भन्ने जस्ता कुरा नगरेका होइनन् । तर गोपालले कसैको सुनेनन्, सुने त केवल आफ्नो मनको । आफ्नो आत्मविश्वास दह्रो बनाए, लक्ष्य बनाए र त्यसैलाई पछ्याए ।
संखुवासभाको खराङमा जन्मिएका काफ्ले अहिले आयुर्वेदिक सामग्री उत्पादनमा सक्रिय छन् । करिअरको सुरुआती दिनमा काफ्लेले अर्काको कम्पनीमा मार्केटिङको काम गरे । देशका लगभग सबै जिल्ला घुमे । उपभोक्ताको रुचि र आवश्यकता बुझे ।
उनले परिवारका अभिभावकसँग सल्लाह गरे । परिवारका व्यक्तिहरूले उनलाई भने- हामी क्षेत्रीबाहुनले व्यापार गर्ने होइन, पढेर सरकारी जागिर खाने हो ।
त्यसपछि उनलाई लाग्यो- कति दिन अर्काको कम्पनीमा काम गर्ने ? अब आफैँ काम गर्नुपर्छ ।
सोच्न त सोचिहाले । तर गर्ने कसरी ? न पुँजी छ, न कसैले पत्याउँछ । उनले परिवारका अभिभावकसँग सल्लाह गरे । परिवारका व्यक्तिहरूले उनलाई भने- हामी क्षेत्रीबाहुनले व्यापार गर्ने होइन, पढेर सरकारी जागिर खाने हो ।
त्यसपछि उनलाई कसैबाट सहयोग हुन्छ भन्ने विश्वास लाग्न छाड्यो । अब लागे आफ्नो सपना साकार पार्नतिर ।
सुरुमा उनले केही पुँजी जुटाउनु थियो । त्यसका लागि एउटा भारतीय कम्पनीको उत्पादनको बिक्री गर्ने गरी डिलरसिप लिए । आफैँ झोलामा सामान राखेर मान्छेका दैलो-दैलो पुगे । एक्लो व्यक्तिले कति बेच्नु, आएको कमिसनबाट कहिले पुँजी निर्माण गर्नु र कहिले आफ्नै कम्पनी खडा गर्नु ?
सुरुमा विराटनगर केन्द्र बनाएर सुरु गरेको उनको व्यापार अहिले देशभर फैलिएको छ । यस्तै, विभिन्न १४ वटा देशमा उनको उत्पादन प्रयोगकर्ता छन् ।
उनको दिमागमा एउटा आइडिया आयो- पहिले मार्केटिङ गर्दा चिनेका साथीभाइ र अरू रोजगारी खोजिरहेका युवालाई आफ्नो अभियानमा जोड्ने । त्यसपछि सुरु भयो उनको सनसाइन इन्टरनेसनलको यात्रा । यस कम्पनीमार्फत जोडिएका सथीभाइलाई उनले भारतीय कम्पनीको उत्पादन बेच्न अभिप्रेरित गरे । त्यसका लागि निश्चित प्रतिशत कमिसन दिने । यसो गर्दा उनीहरूलाई पनि आम्दानी हुने र कम्पनीलाई पनि नाफा हुने ।
२०६० सालदेखि यसरी सुरु गरेको उनको यो व्यवसाय २०६३ सालसम्म चल्यो । त्यतिन्जेलमा उनले केही पुँजी जम्मा पारिसकेका थिए भने उनको अभियानमा सहभागी भएका साथीभाइले पनि उल्लेख्य प्रगति गरिसकेका थिए ।
२०६३ सालमा भने उनले भारतीय कम्पनीको सामान बेच्न छाडेर आफैँ उत्पादन सुरु गरे । उनका उत्पादनमा निमको साबुन, मसाज तेल, दन्त मन्जन, हर्बल साबुनलगायत विभिन्न कस्मेटिक्स सामग्री छन् । उनले बनाउने हरेक सामान जडीबुटीबाट बनेका हुन्छन् । कुनै हानिकारक केमिकल प्रयोग नगरेको उनको दाबी छ ।
सुरुमा विराटनगर केन्द्र बनाएर सुरु गरेको उनको व्यापार अहिले देशभर फैलिएको छ । यस्तै, विभिन्न १४ वटा देशमा उनको उत्पादन प्रयोगकर्ता छन् ।
सुरुमा स्थानीय जडिबुटी र स्थानीय प्रविधि प्रयोग गरेर उत्पादन गरिरहेका काफ्लेले पछिल्लो समय उच्च गुणस्तरको प्रविधि भित्र्याएका छन् । कोरियामा राम्रै रोजगारी गरिरहेका आफ्ना सालोलाई नेपाल बोलाए । कोरियामा स्किन केयर प्रोडक्ट कम्पनीमा ७ वर्ष काम गरेका रोशन घिमिरे भिनाजुको योजना सफल बनाउन नेपाल फर्किए ।
स्किन केयरसम्बन्धी सामग्री उत्पादनसम्बन्धी राम्रो प्राविधिक सीप र ज्ञान भएका घिमिरेले विराटनगर आएर काफ्लेको एलो हर्बलको फ्याक्ट्रीमा कोरियन फर्मुलेसन प्रयोग गरी सामान उत्पादन गर्न थाले । त्यसयता काफ्लेको उत्पादनले थप विश्वास र व्यापार पाउँदै गयो ।
गोपालको केही गर्नुपर्छ भन्ने हुटहुटीले मञ्जुको मन छोयो भने कम्पनीले भोगेका हरेक दुःख र अप्ठ्यारामा मञ्जुको साथ र हौसलाले गोपालको ।
२०६० सालमा २० हजार रुपैयाँबाट सुरु गरेको कम्पनी अहिले करिब १० करोडको भइसकेको छ । भलै कम्पनीको नाममा बैंकको ऋण छ । तर पनि उनले गरेको प्रगति जोकोहीका लागि प्रेरणा बन्न सक्छ ।
विराटनगर-१० स्थित मुख्यमन्त्री कार्यालयअगाडि ६ कट्ठा जग्गामा उनले फ्याक्ट्री बनाएका छन् । पछिल्लो समय फ्याक्ट्रीमा मात्रै उनले ३ करोड रुपैयाँ लगानी गरेका छन् । हर्बल सामग्री उत्पादनका लागि विदेशबाट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका मेसिनहरू किनेर ल्याएको उनी बताउँछन् ।
अहिले उनको फ्याक्ट्रीमा मात्रै २५ जनाभन्दा बढी कर्मचारी छन् भने देशभर करिब ५० जनाभन्दा बढीलाई उनले रोजगारी दिएका छन् ।
अहिले काफ्लेले मासिक सरदर २५ लाख रुपैयाँबराबरको कारोबार गरिरहेका छन् । व्यापारबाट आफू पूर्ण रूपमा सन्तुष्ट रहेको उनी बताउँछन् । ‘पैसाले पुग्यो भन्ने त कहिले पो हुन्छ र,’ उनले भने, ‘तर अहिले जुन रूपमा व्यापार भइरहेको छ र जसरी उपभोक्ताको विश्वास बढिरहेको छ, यसबाट म पूर्ण सन्तुष्ट छु ।’
गोपालको लक्ष्यमा सतिसाल बनेकी मञ्जु
सुरुमा आफ्नै कम्पनी खोलेर काम गर्ने गोपाल काफ्लेको लक्ष्यमा साथ दिन आइपुगिन्- उनकी पत्नी तथा कम्पनीकी म्यानेजिङ डाइरेक्टर मञ्जु घिमिरे । सुरुमा उनकै कम्पनीमा कर्मचारी रहेकी मञ्जुले गोपालको हरेक सुख, दुःखमा साथ दिइन् । कम्पनीको प्रगतिमा मुख्य पिलर बनेर काम गरिन् ।
गोपालको केही गर्नुपर्छ भन्ने हुटहुटीले मञ्जुको मन छोयो भने कम्पनीले भोगेका हरेक दुःख र अप्ठ्यारामा मञ्जुको साथ र हौसलाले गोपालको । व्यापारमा पाएको एकअर्काको साथलाई उनीहरूले जीवनमा सँगै लाने निधो गरे र उनीहरू वैवाहिक सम्बन्धमा बाँधिए ।
अधिकांश जडीबुटी नेपालकै प्रयोग हुने भए पनि नेपालमा प्रशोधन गर्न नसकिने सामान भने विदेशबाट आयात गर्नुपर्ने उनी बताउँछन् ।
अहिले गोपाल कम्पनीको संस्थापक र सिइओका रूपमा समग्र कम्पनी र उत्पादनको बजारीकरणमा व्यस्त छन् भने मञ्जुले फ्याक्ट्रीको सम्पूर्ण जिम्मेवारीसँगै कम्पनीको हिसाबकिताब सम्हालेकी छिन् । गोपाल भन्छन्, ‘म आज सफल छु भने त्यो सफलताको सम्पूर्ण श्रेय मेरी श्रीमतीलाई जान्छ । मैले भोगेका हरेक समस्यामा समाधानको उपाय बोकेर अगाडि उभिएकी उनकै कारण आज म यो ठाउँमा छु ।’
पति-पत्नीबीचमा अन्डरस्ट्यान्डिङसँगै एकअर्काप्रति भरोसा छ भने जीवनका जस्तासुकै अप्ठ्यारा पनि पार गर्न सकिने गोपाल बताउँछन् । विदेशमा भएका आफ्ना भाइ रोशनलाई नेपाल बोलाउने आइडिया पनि मञ्जुकै हो । उनकै योजनामा रोशन नेपाल फर्किएर एलो हर्बलको उत्पादनमा कोरियन प्रविधि भित्र्याएको गोपालको भनाइ छ ।
स्किन र हेयर केयरमा फोकस एलो हर्बल
अहिले उनको कम्पनीले ‘स्किन केयर’ र ‘हेयर केयर’का सामान उत्पादनलाई प्राथमिकता दिएको छ । कम्पनीले १५ वटा उत्पादन बजारमा ल्याएको छ ।
अहिले एलो हर्बलले सन्सक्रिम, मोइस्चराइजर, फेस टोनर, लोसन, सिरम, भिटामिन सी सिरम, फेस प्याक, एन्टी-एक्नी क्रिम, फेस वास, गुड बाइ ब्लेमिस सिरम, स्याम्पु, अनियन हेयर आयल, हेयर ट्रिटमेन्टलगायत सामान उत्पादन गरिरहेको छ । अधिकांश जडीबुटी नेपालकै प्रयोग हुने भए पनि नेपालमा प्रशोधन गर्न नसकिने सामान भने विदेशबाट आयात गर्नुपर्ने उनी बताउँछन् ।
एलो हर्बलका हरेक उत्पादन विश्वसनीय रहेको काफ्ले बताउँछन् । कम्पनीले गरेको उत्पादन विशेषज्ञको टोलीले मल्टिफर्मल ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा पठाउने गरेको छ । ‘गुणस्तरमा हामीले कुनै सम्झौता गरेका छैनौँ । हामीले एकपटक सामान बेचेर हराउने होइन, यही बजारमा टिक्नु छ,’ उनले भने, ‘त्यसकारण उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै उच्च गुणस्तरका सामान मात्रै बेच्ने हाम्रो लक्ष्य हो ।’
‘बजारको समस्या छैन’
सुरुमा गोपाललाई लाग्थ्यो- विदेशी झिलीमिली प्याकेजिङमा आएका सस्तो सामानको साम्राज्य भएको ठाउँमा नेपालमै बनेको सामान बेच्न समस्या हुने हो कि ! सुरुमा त भयो पनि त्यस्तै । सामानको प्याकेजिङ पनि लोकल, कहाँ बनेको भन्दा नेपालमै भन्दा यो कस्तो सामान हो, अनुहार बिग्रने हो कि ! भन्ने शंका गर्ने ग्राहक पनि भेटिए ।
तर, जब उनको उत्पादन प्रयोग गरेर हेर्न थाले, त्यसपछि उनले सकारात्मक प्रतिक्रिया पाउन थाले । उनको उत्पादनले बजार पाउन सहज हुन थाल्यो । समयको मागअनुसार उनले प्याकेजिङलाई पनि आकर्षक बनाउँदै गए । अहिले उनको कम्पनीले गरेका उत्पादनले राम्रै बजार लिइरहेको छ ।
आफ्नो उत्पादन प्रयोग गरेपछि कुनै समस्या आएको छ कि ? कुनै सुधार गर्नुपर्ने पक्ष छ कि ? जस्ता प्रतिक्रिया लिएर सोहीअनुसार उत्पादनको गुणस्तर वृद्धि गर्दै लगिएको उनी सुनाउँछन् ।
अनलाइन मार्केटिङको क्रेज फलो गर्दै काफ्लेले पनि अनलाइनमार्फत् उत्पादन बेच्न थाले । अनलाइन सपिङ प्लेटफर्म दराजमार्फत राम्रो व्यापार भइरहेको उनी बताउँछन् ।
अहिले त फेसबुक, इन्स्टा र टिकटकमार्फत् पनि अर्डर आउने गरेको काफ्ले सुनाउँछन् । ‘सुरुमा हामी फिजिकल मार्केट खोजिरहेका थियौँ । तर मार्केट त भर्चुअल पो राम्रो रहेछ,’ काफ्लेले हाँस्दै भने, ‘अहिले हामी सामाजिक सञ्जालको प्रयोग गरेर बजार विस्तार गरिरहेका छौँ ।’
यस्तै, कम्पनीले अहिले ‘कन्ट्याक्ट म्यानुफ्याक्चरिङ’ पनि गरिरहेको छ । ‘हर्बल प्रोडक्ट उत्पादन गर्ने भनेर दर्ता भएका कैयौँ कम्पनीसँग आफ्नै प्लान्ट छैन । उहाँहरूले हाम्रो प्लान्टमा उत्पादन गरेर लानुहुन्छ । कन्ट्याक्ट म्यानुफ्याक्चरिङमा पनि हामीले अहिले प्राथमिकता दिएका छौँ,’ उनले भने ।
आफ्नो उत्पादन बिक्री गरिसकेपछि त्यसको प्रतिक्रिया पनि लिन्छन् काफ्ले । यसका लागि उनले कस्टमर केयरका लागि एउटा टोली नै बनाएका छन् । त्यो टोलीले सामान किनेर प्रयोग गर्ने उपभोक्ताको प्रतिक्रिया लिन्छ । आफ्नो उत्पादन प्रयोग गरेपछि कुनै समस्या आएको छ कि ? कुनै सुधार गर्नुपर्ने पक्ष छ कि ? जस्ता प्रतिक्रिया लिएर सोहीअनुसार उत्पादनको गुणस्तर वृद्धि गर्दै लगिएको उनी सुनाउँछन् ।
यसरी लिइएको प्रतिक्रियामा ९० प्रतिशत पोजिटिभ रहेको र १० प्रतिशतले समस्या भएको सुनाउने गरेको काफ्ले बताउँछन् । ‘हाम्रो उत्पादन प्रयोग गर्ने १० प्रतिशत जतिले चाहिँ छालामा समस्या आएको, भनेजस्तो काम नगरेको गुनासो गर्नुभएको छ,’ उनले भने, ‘कतिको छालालाई सुट नगरेको पनि हुन सक्छ, यस्तोमा हामीले छाला रोग विशेषज्ञसँग सल्लाह गर्न भन्छौँ । हामी आफैँ पनि विशेषज्ञहरूसँग सल्लाह गरेर त्यसको समाधानको बाटो खोज्छौँ ।’
‘गरे देशमै अवसर छ’
लामो संघर्षबाट उद्यमी बनेका उनी निरन्तर लागिपर्ने हो भने नेपालमै प्रचुर सम्भावना रहेको बताउँछन् । सुरुमा मार्केटिङ गर्दा जागिर मात्रै नहेरेका काफ्ले आफूले त्यो समय धेरै कुरा सिकेको बताउँछन् । मार्केटिङको क्रममा
उनी देशभर डुले । सामान कसरी बेच्ने भनेर विभिन्न तरिका सिके । अध्ययन गर्दैगर्दा आयुर्वेदिकबारे बुझ्ने अवसर पाए । सिटिइभिटीबाट आयुर्वेदिकबारे अध्ययन गरे ।
अनेक दुःख र अभाव झेलेर नेपालमै बसेर खोलेको कम्पनीमा कोरियामा लाखौँ कमाइरहेका व्यक्ति फर्किएर आएर काम गरिरहेका छन् । ‘अवसर नै नपाएर बिदेसिएका युवा अवसर पाए नेपाल फर्किन्छन्,’ काफ्ले भन्छन्,
सोही अध्ययन र निरन्तरको संघर्षका कारण आफू सफल भएको उनी बताउँछन् । ‘अप्ठ्यारो कसलाई कहाँ छैन र ? मैले पनि अनेक बाधा भोगेकै हो । अहिले पनि भोगिरहेको छु,’ उनी भन्छन्, ‘लक्ष्य निर्धारण गरेर निरन्तर लागियो भने एक दिन अवश्य सफल भइन्छ ।’
अनेक दुःख र अभाव झेलेर नेपालमै बसेर खोलेको कम्पनीमा कोरियामा लाखौँ कमाइरहेका व्यक्ति फर्किएर आएर काम गरिरहेका छन् । ‘अवसर नै नपाएर बिदेसिएका युवा अवसर पाए नेपाल फर्किन्छन्,’ काफ्ले भन्छन्,
‘मेरै सालो कोरियामा लाखौँ कमाइरहेका थिए, मैले आफ्नो योजना सुनाएपछि उनी नेपाल फर्किए, उनकै सीप र ज्ञानका कारण एलो हर्बलले पनि नयाँ उचाइ पाएको छ ।’
सरकारले युवालाई स्वदेशमै उद्योग, व्यवसाय गर्ने वातावरण सिर्जना गरे विदेशमा रहेका धेरै युवा फर्किने उनी बताउँछन् ।
प्रतिक्रिया