गाउँपालिकाको ६ लाख रुपैयाँ आफैँ झ्वाम, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा !

गाउँपालिकाको ६ लाख रुपैयाँ आफैँ झ्वाम, वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा !


काठमाडौं ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व ६ लाख १० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाअध्यक्ष कँडेलले शंकरपुर तालको ठेक्का बापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले लिइ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको हो।

ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समिति कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएको सम्झौता बमोजिम २ लाख ७० हजार रुपैयाँ विजयनगर गाउँपालिकाको खातामा जम्मा नभएकोले उनीहरुविरुद्व भ्रष्टाचार निवारण ऐन अनुसार सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा अरोपपत्र दायर भएको हो।