अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो।

चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘ उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् . उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए ।