जनकपुरधाम- सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थप गरेको छ ।
दुवै जनामाथि सिरहा जिल्ला अदालतबाट दोस्रो पटक तीन दिनको म्याद थप भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले बताए ।
उनका अनुसार महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा दुवै जनालाई चैत ८ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुमाथि यसअघि चैत १० गते उनीहरुमाथि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप भएको थियो ।
औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।
त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि पक्राउ परेका थिए । उनीहरुसहित तीन जनामाथि चैत ९ गते पीडित दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूत कसुरमा जाहेरी दर्ता गराएका थिए ।
प्रतिक्रिया