काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ ।
केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो ।
केन्द्रका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ ।
कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ । कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको बताइएको छ ।
यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।
पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्याउने गरी केन्द्रले तालिका बनाएको छ ।
प्रतिक्रिया