सिंहदरवारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरवारमा मेलम्चीको पानी वितरण सुरु


काठमाडौँ- सिंहदरवारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे ।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरवारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरवारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।