धरान ।
धरानमा स्थानीय प्रशासनले शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा आज राति १२ बजेसम्म लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार, धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट धरान प्रवेश गर्न दिइएको छैन ।
तस्विर : सुमित कार्की
प्रतिक्रिया