काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ । दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक डेढ घण्टा पछिलाई धकेलिएको हो ।
असार १६ देखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज ३:३० बजे बस्नेछ । आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्नेछन् ।
पाँच शीर्ष नेताले बोलिसकेपछि निर्णय गरेर बैठक आजै सक्ने काँग्रेसको तयारी छ । बैठकमा बोल्ने नेताहरूले पार्टी नेतृत्व र एमालेसँगको सहकार्यमाथि प्रश्न उठाएका छन् । उनीहरूले १५औँ महाधिवेशनको मिति तोकेर जान नेतृत्वसामु दबाब बढाएका छन् ।

प्रतिक्रिया