रुपन्देही-३ मा नाउपाका उम्मेदवारलाई सघाउने लोकतान्त्रिक मोर्चाको निर्णय

रुपन्देही-३ मा नाउपाका उम्मेदवारलाई सघाउने लोकतान्त्रिक मोर्चाको निर्णय


काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।

मोर्चाले रुपन्देही-३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।