सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा


काठमाडौँ- सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको अपरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौँ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।

काठमाडौँ प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजिर जवानीमा रिहा गरेको हो ।

अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।