सुनको मूल्य तोलामा ३४ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ३४ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन  सुन प्रतितोला एक लाख ९३ हजार १ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।I