सशस्त्र प्रहरीका ६ जना एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ जना एसएसपीमा बढुवा सिफारिस


काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने छ ।

एसपीहरू ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर एसएसपीमा बढुवाका लागि क्रमशः सिफारिस भएका छन् ।

हेर्नुस् सूची