इजरायली सुरक्षा क्याबिनेटद्वारा गाँजा कब्जा गर्न स्वीकृति

इजरायली सुरक्षा क्याबिनेटद्वारा गाँजा कब्जा गर्न स्वीकृति


काठमाडौँ । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृति दिएको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे रणनीति सार्वजनिक गरेको छ ।

दुई वर्षको बीचमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाँजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट पारित गरेको छ ।

उसले युद्ध समाप्त गर्नका लागि हमासको निःशस्त्रीकरण,सबै बन्धकको जीवित वा मृतकको रूपमा समाप्ति, गाजाको विसैन्यकरण,गाजामा इजरायलले सुरक्षा नियन्त्रण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अघि सारेको छ ।

गाजामा इजरायलले हमासविरुद्ध भनेर गरेको सैन्य कारवाहीमा परेर हजारौँ बालबालिकाको मृत्यु भइसकेको छ । पछिल्ला केही महिनायता खान नपाएर मर्नेहरूको सङ्ख्या बढेको छ ।