प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेट

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेट

पार्टी एकताको विषयमा छलफल


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको हरिसिद्धिस्थित निवासमा पुगेका छन्। प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच अहिले छलफल चलिरहेको छ।
भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा र पार्टी एकताको विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ। माओवादी केन्द्रको हालै बसेको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो।
यसअघि पार्टी एकताको विषयमा चर्चा भए पनि माओवादीले एकतर्फी रूपमा निर्णय गरेको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए। एकता प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउन प्रचण्डले विप्लवसँग प्रत्यक्ष भेटघाट गरेको बताइएको छ।