बढ्यो सेयर बजार

बढ्यो सेयर बजार


काठमाडौँ । अघिल्लो दिन २१ अंक बढेको सेयर बजार मंगलबार ४.८३ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २७६६ अंकमा पुगेको छ ।

कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७७५ अंकसम्म पुगेको थियो, जुन अंक कारोबार अवधिभरको लागि उच्चतम रह्यो ।

बजार बढे पनि कारोबार रकम डेढ अर्ब बढीले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडको भयो । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने एउटाको स्थिर रहेको छ ।

अधिकांश समूहका सूचक बढेका छन् ।