विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने

काठमाडौँ। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बैठक आज बिहान १०:१५ बजे सिंहदरवारमा बस्नेछ ।

बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ ।