राष्ट्रिय सभाको बैठक बस्दै, निजामती विधेयक पेस हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, निजामती विधेयक पेस हुँदै


sf7df8f}F, @( ebf} . /fli6«o ;efsf] a’waf/ a;]sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ । राष्ट्रिय सभाको बैठक मंगलवार बस्ने भएको छ । बैठक दिउँसो १:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । सोमवार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेस हुन नसकेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।