निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रिय सभामा पेश गरिँदै

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रिय सभामा पेश गरिँदै


काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरिन् ।

पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेश हुनेछ ।