रास्वपा नेता भण्डारीमाथि आक्रमण

रास्वपा नेता भण्डारीमाथि आक्रमण


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।

भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएको भण्डारीको चुच्चे पाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् ।