अपराह्न ४ बजे नेपाल भ्रमणमा आउँदै भारतका प्रधान न्यायाधीश

अपराह्न ४ बजे नेपाल भ्रमणमा आउँदै भारतका प्रधान न्यायाधीश


काठमाडौँ । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउने भएका छन्।

बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल आउन लागेका हुन्। ‘नेपाल इन्डिया जुडिसियल डायलग’ को दुई दिनको कार्यक्रममा सहभागी हुन गवई नेपाल आउन लागेका हुन्।

गवई भारतका ५२ औँ प्रधान न्यायाधीश हुन्। उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए।

कार्यक्रम शुक्रबार र शनिबार हुनेछ। उक्त कार्यक्रम सकेर भारतीय प्रधान न्यायाधीश गवई फर्किने तालिका छ।