ट्रेड युनियन कांग्रेसको काठमाडौमा सुरु भो बैठक

ट्रेड युनियन कांग्रेसको काठमाडौमा सुरु भो बैठक


काठमाडौं । नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय समितिको बैठक आज देखि काठमाडौंमा सुरु भएको  छ। यो बैठकले संगठनको भावी रणनीति र कार्ययोजनालाई मूर्त रूप दिने गरि   विभिन्न ९ वटा प्रमुख एजेन्डाहरूमा  छलफल गर्ने भएको छ।

संगठनिक गतिविधि लाइ प्रभावकारी  बनाउन  संगठनको विस्तार र बलियो बनाउने योजनामा  छलफल हुने  बताइएको छ । बैठकमा  बार्षिक बजेट ,सदस्यता शुल्क,ट्रेड युनियन कांग्रेससंग संबंधित कार्यबिधी निर्माण गर्ने र  नेपाल ट्रेड युनियन कांग्रेसको  परिषद्  बैंककको मिति तय गर्ने समेत एजेन्डा रहेको राष्ट्रिय अध्यक्ष योगेन्द्र कुमार  कुंवरले जानकारी दिनुभयो । बैठकमा उठेका अन्य विषयहरू पनि समेटिने र  यो बैठकले श्रमिकहरूको हकहित र संगठनको सुदृढीकरणमा महत्त्वपूर्ण निर्णय गर्ने  महासचिव अजय कुमार राइले जानकारी दिनुभएको छ ।