भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउनुस् : सञ्चार मन्त्रालय

भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउनुस् : सञ्चार मन्त्रालय


काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले विज्ञप्ति जारी गरेर मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय पारिएको जानकारी दिएका छन् ।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।’

541509978_787064813810025_3874706327786821296_n-1757244599.jpg
541742454_1480863563041129_1968626417963902594_n-1757244613.jpg