शुक्रबार पनि उपत्यका तीन जिल्लामा निषेधाज्ञा र कर्फ्यु कायमै

शुक्रबार पनि उपत्यका तीन जिल्लामा निषेधाज्ञा र कर्फ्यु कायमै


काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ ।

“पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

received_781163604401894-1757602369.jpeg
received_1420886745640426-1757602369.jpeg