प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा


काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।