काठमाडौं– जेनजी आन्दोलनका क्रममा जलाइएको चाबहिल चुच्चेपाटीस्थित भाट भटेनी सुपर मार्केटमा ६ वटा जलेको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसरका अनुसार ६ मानव कंकाल पहिचान गर्न नसकिने अवस्थामा फेला परेको हो।
डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो।
अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया