जेनजी आन्दोलनका शहीद महर्जनको घर पुगेर मन्त्री घिसिङद्वारा श्रद्धाञ्जली अर्पण

जेनजी आन्दोलनका शहीद महर्जनको घर पुगेर मन्त्री घिसिङद्वारा श्रद्धाञ्जली अर्पण


काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित घर पुगेर शहादत प्राप्त महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सो अवसरमा उनले शहीद महर्जनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।