सेवाग्राहीको अनुरोधमा आज पनि अध्ययन अनुमतिपत्र जारी

सेवाग्राहीको अनुरोधमा आज पनि अध्ययन अनुमतिपत्र जारी


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी राखेको छ ।

सानो थिमिस्थित एनओसी शाखाका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो ।

वैदिसीक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज पनि जारी राखेको शाखाले जनाएको छ ।

बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले जारी गरेको छ ।

जेन जेड आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।