अख्तियारद्वारा राष्ट्रपतिसमक्ष ३५औँ वार्षिक प्रतिवेदन पेश

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष ३५औँ वार्षिक प्रतिवेदन पेश


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।

आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।