स्वास्थ्य मन्त्रीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा सिफारिस

स्वास्थ्य मन्त्रीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा सिफारिस


काठमाडौँ । अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव रहेकी डा. मिश्रा मन्त्री बन्ने सम्भावना देखिएपछि आइतबारै पदबाट राजीनामा दिएकी थिइन्।

सचिव बढुवामा असन्तुष्ट रहेकी मिश्रा ६ महिना लामो बिदा पछि शुक्रवार मात्रै मन्त्रालयमा हाजिर भएकी थिइन् ।