शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

जेन जेड आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरवारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् ।