मुग्लिन सडक आज राति नै खुलाइँदै, पहिरो पन्छाउने काम अन्तिम चरणमा

मुग्लिन सडक आज राति नै खुलाइँदै, पहिरो पन्छाउने काम अन्तिम चरणमा


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक आज राति नै खुलाइने भएको छ। तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध भएको सडक आज खुलाइने भएको हो ।

अहिले पनि पहिरो पन्छाउने काम जारी रहेको र अन्तिम चरणमा पुगेकाले एक-डेढ घण्टामा बाटो खुलाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू हिजोदेखि नै यहाँ अलपत्र रहेका छन्।