काठमाडौँको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौँको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी


काठमाडौँ। काठमाडौँको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।