तुइनखोलामा फेरि खस्यो पहिरो, दुईतर्फी नै सडक अवरुद्ध

तुइनखोलामा फेरि खस्यो पहिरो, दुईतर्फी नै सडक अवरुद्ध


नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको तुइन खोलामा फेरि पहिरो खसेको छ। पहिरोका कारण यो सडक खण्डमा दुवैतर्फको यातायात अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार (आज) साँझ ७ः३० बजे पहिरो झरेको हो।

मुग्लिन क्षेत्रमा पानी परिरहेका कारण पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ।  पहिरो पन्छाउनका लागि मेसिन जाँदै गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।

सडक दुवैतर्फ अवरुद्ध रहेका कारण सवारीको जाम लागेको छ।