मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन सञ्चालनमा सहज

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन सञ्चालनमा सहज


चितवन। मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार बिहान ७:२० बजेसम्म कुनै अवरोध नभएको र सवारीसाधनहरू निर्वाध रूपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

यसअघि उक्त सडक खण्डमा पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुने गरेको थियो। तर, हाल सडकको अवस्था सामान्य रहेको र यातायात सहज रूपमा सञ्चालन भइरहेको डिभिजनले जानकारी दिएको छ।

चाडपर्वको समयमा सवारीसाधनको चाप उच्च हुने भएकाले सडक डिभिजनले चालकहरूलाई निर्धारित गति सीमाभित्र रही लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। यो सडक खण्डमा सुरक्षित यात्राका लागि सावधानी अपनाउन समेत डिभिजनले सुझाएको छ।